नियम ४५
आय व्यय ठीकसँग भएको छ भन्ने कुरामा विश्वस्त हुन ध्यान दिनु पर्ने
अधिकार प्राप्त अधिकारीले सरकारी रकम निकासा दिदा वा खर्च गर्दा नियमितता, मितव्ययिता, कार्यदक्षता, प्रभावकारिता र औचित्यको दृष्टिकोणले देहायका कुराहरूमा ध्यान दिई देहाय बमोजिम सरकारी रकम निकासा दिन वा खर्च गर्नु पर्नेछ । कारोवार र लेखांकन भए पछि पनि भए गरेका कारोवारमा आन्तरिक जाच गरी वा गराई ठीक छ भन्ने कुरामा विश्वस्त हुनु पर्नेछः–
(क) सालबसाली विनियोजन ऐन बमोजिम सेवा तथा कार्यहरूमा खर्च गर्न विभिन्न शीर्षक तथा उप–शीर्षकमा स्वीकृत भएका रकम सो सेवा तथा कार्यका निमित्त स्वीकृत सीमाभित्र रही सोही प्रयोजनको लागि खर्च भएको छ ।
(ख) आर्थिक कारोवार प्रचलित कानून बमोजिम छ र आम्दानी खर्चका कलमहरूको प्रमाण पुगेको छ ।
(ग) महालेखा परीक्षकको कार्यालयबाट तोकिएको ढाँचा अनुरूप लेखा राखिएको छ ।
(घ) आर्थिक विवरणले त्यसमा लेखिएको अवधिको आर्थिक कारोवारको यथार्थ चित्रण गर्दछ ।
(ङ) सरकारी सम्पत्तिको लगत दुरुस्त र अद्यावधिक छ । सरकारी सम्पत्तिको सुप्रबन्ध र संरक्षण भएको छ ।
(च) नगदी वा जिन्सी तथा अन्य सरकारी सम्पत्ति समेतको हानी नोक्सानी र दुरूपयोग हुन नपाउने गरी आन्तरिक नियन्त्रण व्यवस्था छ र त्यसको अनुृशरण गरिएको छ ।
(छ) राजस्व र अरु समस्त आम्दानी र धरौटी समेतको लेखा ठीक छ र असूल तहसिल गर्ने र लेखा राख्ने तरिकाहरूको पर्याप्त पालना गरिएको छ ।
(ज) सरकारी ऋण, जमानत, निक्षेप, ऋण निवारण कोष तथा ऋण विमोचनका निमित्त छुट्याइएका र विमोचन गरिएको रकमहरूको लेखा यथार्थ छ ।
(झ) औद्योगिक तथा व्यावसायिक सेवाहरू भए त्यस्को आम्दानी खर्च, लेखा, त्यसको जिन्सी नगदी मौज्दात तथा आर्थिक कारोवार सम्बन्धी व्यवस्था र नियमहरू पर्याप्त छन् र तिनीहरूको पालना गरिएको छ ।
(ञ) कार्यालयको सँगठन, व्यवस्थापन तथा कार्य विभाजन यथेष्ठ र समुचित छ र सो अनुसार कार्य सञ्चालन भएको छ ।
(ट) कुनै काम अनावश्यक रूपमा दोहोरो हुने गरी विभिन्न कर्मचारी वा निकायबाट गरिएको छैन र आवश्यक काम गर्न छुटाएको छैन ।
(ठ) उपलब्ध स्रोत, साधन तथा सम्पत्तिको समुचित उपयोग भएको छ र हानी नोक्सानी नहुने गरी सम्भार तथा संरक्षणको उचित व्यवस्था गरेको छ ।
(ड) कार्यक्रम अनुसार निर्धारित समयभित्र प्रगति भएको छ र कामको गुणस्तर र परिमाण समेत सन्तोषजनक छ ।
(ढ) कार्यालयको उद्देश्य र नीति स्पष्ट छ र निर्दिष्ट उद्देश्य तथा नीति अनुरूप कार्यक्रम तयार भएको छ ।
(ण) स्वीकृत लागत खर्चको सीमाभित्र रही कार्यक्रम सञ्चालन गरिएको छ र लागतको तुलनामा प्राप्त प्रतिफल मनासिव छ ।
(त) लक्ष्य प्रगति तथा लागत खर्चको आँकडा राख्ने व्यवस्था पर्याप्त र भरपर्दाे छ ।
(थ) निकासा अनुसार खर्च गरेको भए तापनि बेमुनासिव तरिकाले वा चल अचल राष्ट्रिय धन बरबाद हुने गरी खर्च भएको छैन । खर्च र निकासा औचित्यपूर्ण छ ।
(द) चल अचल राष्ट्रिय धनको अनुदान वा राजस्वको अभिहस्ताङ्कन वा खानी, जंगल, जलशक्ति आदिको सुविधा प्रदान सम्बन्धमा पट्टा, लाइसेन्स, अधिकार र कुनै अन्य प्रकारबाट राजस्व वा चल अचल राष्ट्रिय धन त्याग गर्ने गरी जारी गरिएका सबै निकासाहरू औचित्यपूर्ण छन् ।
(ध) आवधिक आर्थिक विवरणहरू समयमा तयार भएका छन् र समयमा पेश हुने गरेका छन् ।